काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले दुई दिनअघि नेकपा एमालेकी सांसद रेखा शर्माबारे लेखेको स्टाटस फेसबुकले हटाएको छ।
दुई दिनअघि लुम्बिनी प्रदेश सांसद शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको भन्दै किन पक्राउ नगरेको भन्दै प्रश्न गरेका थिए। ती बालिकालाई कुटपिटसमेत गर्दै आएको विषयमा २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै बालेनले आपत्ति जनाएका थिए।
निकै चर्चामा रहेको यस विषयमा मेयर बालेनले लेखेको स्टाटस अहिले उनको वालमा देखिँदैन। मेयर शाहको सचिवालयका अनुसार, उक्त स्टाटस आफूहरूले नभइ फेसबुकले नै हटाएको हो।
‘धेरै रिपोर्ट भएर हटाएको रहेछ। उहाँ (बालेन)ले हटाएको होइन। रिकभरका लागि प्रयास भइरहेको छ,’ प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले भने।