काठमाडौं । ग्लोबल आइएमई बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको छ । बैंकले बालबालिकाहरुमा सानै उमेरदेखि असल वित्तीय बानीको विकास गर्न यो एप सार्वजनिक गरेको हो ।
बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफै डिजिटल बैंकिङ्गको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप मार्फत तोकिएको उमेर समुहका बालबालिकाहरुले बचत गर्ने बानीको विकासका गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन् ।
यो एपमार्फत बालबालिकाहरुले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले बालबालिकाहरुमा आर्थिक जिम्मेवारीको समेत विकास हुनेछ । साथै, आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाको लागि ग्लोबल जुनियर एपमार्फत् नविनतम् वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ ।
यो एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकाहरुमा वित्तीय व्यवस्थापनसम्बन्धी क्षमता विकासको लागि सुरक्षित वातावरण समेत रहेको छ ।