काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा राखेको चुनावअघि गठबन्धन गर्न नहुने प्रस्ताव पारित भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नौ ताकतमा एक्लै लड्ने निर्णय गरेको हो।
‘पार्टी संगठनलाई बलियो बनाएर एक्लै जित्न सकिनेतर्फ नै निर्णय केन्द्रीत भएको छ,’ पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले भने। साथै, पार्टीको निर्णयमा पनि नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने बताइएको छ।
‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरूमा आफ्नै ताकतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं’, शुक्रबारको पार्टी बैठकको निर्णयमा भनिएको छ।
‘गठबन्धन सन्दर्भमा त्यसबेलामा जुन प्रस्ताव थियो, त्यस सम्बन्धमा अहिलेकेो जुन परिवेश छ ती सम्पूर्ण कुरालाई मध्यनजर राखेर अहिले पार्टीलाई नै बलियो र एकीकृत बनाउने निर्णय भएको छ,’ प्रवक्ता महतले भने।