नेपाल आयल निगममा कार्यरत एक मजदुरको हत्या

काठमाडौं । धनुषामा एक मजदुरको हत्या भएको छ। क्षिरेश्वरनाथ नगरपालिका-५ सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा कार्यरत एक मजदुरको शुक्रबार बिहान साढे १० बजे हत्या भएको प्रहरीले जनाएको छ।

सिरहाको सिरहा नगरपालिका-३ मखनाहा घर भएका ४० वर्षीय राकेशकुमार बर्माको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अबाले जानकारी दिए। कुनै गह्रौँ वस्तुले अनुहारमा प्रहार गरेर हत्या गरेको अवस्थामा बर्माको शव फेला परेको हो।

‘हत्यामा संलग्न भएको आरोपमा सोही डिपोमा कार्यरत एक युवकलाई हामीले घटनालगत्तै पक्राउ गरेका छौँ,’ डीएसपी अबाले, ‘पक्राउ पर्ने युवक धनुषाकै धनुषाधाम घर भएका ३२ वर्षीय प्रकाश यादव छन्।’

मृतक र पक्राउ पर्ने युवक दुवै सोही डिपोका ज्यालादारी कर्मचारी भएका उनले बताए। उनीहरु कुन पदमा कार्यरत थिए, खुल्न बाँकी छ। सेनाको सुरक्षा घेराभित्र रहेको आयल निगमको अपरेसन रुम लेखिएको एउटा कोठामा यो घटना भएको प्रहरीले जनाएको छ।

‘उनीहरुबीच के विवाद थियो, खुलेको छैन,’ अबाले भने, ‘हामी अहिले घटनास्थलमै छौँ। शव यहीँ छ। मुचुल्का उठाउन बाँकी छ।’

घटनास्थलमै युवकको मृत्यु भएको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित