पाँचथरमा घर नजिकै अर्को विस्फोटक पदार्थ भेटियो

फाइल तस्बिर

काठमाडौं । पाँचथरका आइतराज केरुङको घर नजिकै अर्को पनि विस्फोटक पदार्थ फेला परेको छ । नेपाली सेनाको डिस्पोजल टोलीले विस्फोटक पदार्थ फेला पारेको हो ।

भेटिएको विस्फोटक पदार्थ टोलीले डिस्पोज गर्ने तयारी थालेको पाँचथर प्रहरी प्रमुख हेमन्त भण्डारीले जानकारी दिए । भेटिएको वस्तु ग्रिनेड वा बम हुन सक्ने प्रहरीको अनुमान छ ।

बिहीबार दिउँसो ३ बजे विस्फोटक पदार्थ पकिँड्दा दुई बालबालिकाको ज्यान गएको छ । विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दिप्सन साँवा र प्रियंशा साँवाको उपचारका क्रममा मृत्यु भएको हो । मृत्यु भएका बालबालिका एकै घरका दाजुबिहिनी हुन् ।

बिहीबार केरुङको घरमा विस्फोटक पदार्थ पड्किँदा उनीहरू घाइते भएका थिए । केरुङ भने सदरमुकाम फिदिममा बस्ने गरेका छन् । उनको घरमा ज्ञानुराज राई बस्ने गरेको प्रहरीले जनाएको छ । घर नजिकै उक्त वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

दिप्सनको इलाम अस्पताल र प्रियंशाको बीएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको पाँचथर प्रहरी प्रमुख भण्डारीले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित