काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नयाँ अध्यक्षमा जय शाह निर्विरोध निर्वाचित भएका छन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिव तथा एसियन क्रिकेट काउन्सिल (एसीसी)का अध्यक्षसमेत रहेका शाहले आगामी डिसेम्बर १ देखि आईसीसीको जिम्मेवारी सम्हाल्ने छन् ।
आईसीसीका वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालका निम्ति उमेदवारी नदिने बताएपछि शाह आईसीसीका एकमात्र उमेदवार बनेका थिए ।
अध्यक्षमा चुनिएपछि उनले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अघि बढाउने बताएका छन् ।