पार्टी सदस्यबाट समेत हटाइएपछि मुकुलको प्रश्न – न्यायालयबाट महामन्त्रीमा फर्किएँ भने रविले राजीनामा दिन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा. मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको भन्दै पार्टीबाट नभएको दोहोर्‍याएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकले मंगलबार साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेपछि डा. ढकालले आफू न्यायिक निर्णयबाट रास्वपाको महामन्त्रीमा फर्किने बताएका छन् ।

“न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्छ,” महामन्त्री ढकालले भनेका छन्, “नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला । तर, उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टि गर्दै जानेछ ।”

ढकालले सहकारी प्रकरणका सवालमा रविले आमजनतालाई भ्रमित पार्नेगरी भाषणबाजी गर्दै हिँडेको भन्दै आएका प्रमाणलाई किर्ते भनेर भ्रम छरिरहेको उनको भनाइ छ । लामिछानेले न्यायिक निकायमा भएको विचाराधीन विषयलाई प्रभावित पार्ने कोसिस गरिरहेको उनले बताए ।

“सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आमजनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडेका छन्, आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन्,” ढकालले भनेका छन्, “यसरी न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्‍याउने दुस्साहस गर्दै छन् । सम्बन्धित निकायको ध्यान जाओस् ।”

उनले नैतिकता गुमाएको भन्दै लामिछानेलाई नैतिक हुन र भ्रम नछर्न सुझाव दिएका छन् । “र, फेरि पनि नैतिक रूपले पतित रविलाई नैतिकताकै प्रश्न– अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस्, एउटा पूर्वगृहमन्त्रीलाई त्यो शोभा दिँदैन,” ढकालले भनेका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित