ब्राजिलमा विमान दुर्घटना, ६२ जनाको मृत्यु

काठमाडौं । ब्राजिलमा विमान दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित ६२ जनाको मृत्यु भएको छ । ब्राजिलको साओपाउलोमा ५८ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान दुर्घटना भएको बीबीसीले जनाएको छ ।

विन्हेडो सहर नजिकै रहेको वैलिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको बताएका छन् ।

वोएपास एयसलाइन्सका अनुसार दुई इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभेलबाट साओपाउलो सहरको मुख्य विमानस्थलका लागि उडेको थियो ।

साओपाउलोको दमकल विभागले घटनास्थलमा सात दमकल पुगेको र थप जानकारी नभएको जनाएको छ ।

तर, दुर्घटनामा कोही पनि बाँच्न नसकेको स्थानीय अधिकारीहरूले बताएका छन् । विमान खसेको आवासीय क्षेत्रमा कोही पनि घाइते नभएको अधिकारीहरूले जानकारी दिएको बीबीसीले बताएको छ ।

सामाजिक सञ्जालमा पोष्ट गरिएका धेरै भिडियो फुटेजमा विमान घुमिरहेको र सिधै तल खसेको देखिन्छ । स्थानीय अधिकारीहरूले विमान आवासीय क्षेत्रमा खसेको बताएका छन् ।

घटनास्थलमा प्रहरी र दमकल पुगेका छन् भने स्थानीय अस्पताललाई सचेत गराइएको छ ।

दुर्घटनाको खबरपछि ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाले एक कार्यक्रममा एक मिनेट मौन धारण गरेका थिए । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले दुर्घटना धेरै दुखद् भएको बताएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित