काठमाडौं । विद्यार्थी आन्दोलन चर्किदै गएपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर राजधानी ढाका छोडेकी छिन्। समाचार संस्था अलजजिराका अनुसार उनी राजीनामा दिएर सुरक्षित स्थानमा लागेकी हुन।
प्रधानमन्त्री सेख हसिनाको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका बंगलादेशीका विद्यार्थी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्।