मनसुनजन्य विपद् : १५० जनाको मृत्यु, ४९ बेपत्ता

काठमाडौं । नेपालमा यो वर्षको मनसुन भित्रिएयता बाढीपहिरोलगायत विपद्जन्य घटनामा परी शनिबार दिउँसोसम्म १५० जनाको मृत्यु भएको छ । विपद्‌मा परी देशभर ४९ जना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको जेठ २८ गतेयता बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा तीन, कोसी प्रदेशमा २५ जनाको मृत्यु भएको छ । मधेसमा ६, वाग्मतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी १५० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकामा १०, कोसी प्रदेशमा ३७ जना घाइते भए । मधेसमा १०, वाग्मतीमा १०, गण्डकीमा ३४, लुम्बिनीमा ११, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा १४ गरी १७७ जना घाइते भएका तथ्यांक छ ।

बाढीपहिरोमा परी कोसीमा दुई, वाग्मतीमा ४२, गण्डकीमा दुई, लुम्बिनीमा दुई र कर्णाली प्रदेशमा एक गरी ४९ जना बेपत्ता छन् । काठमाडौं उपत्यकामा २६, कोसीमा ४९, वाग्मतीमा १२, गण्डकीमा १४, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच गरी १०८ जनाको उद्धार गरिएको छ ।

यो अवधिमा विपद्का घटनाबाट चार हजार २१९ घरपरिवार विस्थापित भएका प्रहरीले जानकारी गराएको छ । जेठ २८ मा मनसुन नेपाल भित्रिएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित