काभा महिला भलिबल : भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा दक्षिण एसियाली पावर हाउस भारतविरुद्ध जित निकाल्दै नेपालले ऐतिहासिक जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको शनिबारको पहिलो खेलमा ३–२ को सेटमा जित निकालेको हो। नेपाली भलिबल इतिहासमा नेपालले पहिलो पटक भारतलाई हराएको हो।

पाँचौ तथा अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित निकालेको हो। चौथो सेट भारतले आफ्नो पक्षमा पारेपछि नेपाल र भारतले समान २ सेट जितेका छन्। भारतले चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो।

पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने २५–१२ ले गुमाउन पुग्यो। तेस्रो सेट नेपालले २५–१७ ले आफ्नो पक्षमा पार्दै खेलमा पुनरागमन गरेको थियो। तर चौथो सेट भने गुमाउन पुग्यो। पाँचौ सेट नेपालले आफ्नो पक्षमा पार्दै इतिहास रचेको हो।

खेलको सुरुवातबाट नै भारतिय टोलीलाई दबाबमा राखेको नेपालले पहिलो सेटमा जित हात पारेको हो। तर दोस्रो सेटमा भने लगातार अंक गुमाउँदा नेपालले सेट गुमाउन पुग्यो। नेपालले आफ्नै गल्तीले अंक गुमाउन पुग्यो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित