हिरासतमा रहेका एक युवाको मृत्यु

झापा । इलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको हिरासतमा रहेका एक जना युवाको मृत्यु भएको छ।

लागु औषध खैरो हेरोइनसहित पक्राउ परेका मेचीनगर नगरपालिका वडा नम्बर ७ पालियाका २८ वर्षीय झकबहादुर खड्का गए राति १स्४० बजे बिरामी परेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि प्रहरीले उनलाई आम्दा अस्पताल धुलाबारीमा लगेको थियो।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दका अनुसार उपचारका क्रममा खड्काको मृत्यु भएको हो। खड्कालाई प्रहरीले साउन १३ बिहान पौने १० बजे मेचीनगर नगरपालिका वडा नम्बर ६ मा ५ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो

उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट पाँच दिन हिरासतमा राख्न म्याद थप भएको थियो। उनलाई काँकडभित्तामा राखिएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित