महिला एसिया कप : भारतलाई हराउँदै श्रीलंकाले जित्यो उपाधि

काठमाडौं । एसिसी महिला ट्वान्टी-२० एसिया कपको फाइनलमा भारतलाई हराउँदै श्रीलङ्का पहिलो पटक च्याम्पियन बनेको छ। श्रीलङ्काले साबिक विजेता भारतलाई आठ विकेटले हराएर उपाधि जितेको हो।

श्रीलङ्का यस अगाडि पाँच फाइनलमा पुगे पनि भारतसँगै पराजित भएको थियो। तर छैटौँ पटक भने श्रीलङ्काले इतिहास दोहोरिन दिएन र पहिलो पटक उपाधि जित्यो। रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा भारतले १ सय ६६ रनको लक्ष्य दिएकोमा श्रीलङ्काले १८.४ ओभरमै लक्ष्य पुरा गर्यो। उसले जम्मा दुई विकेट मात्रै गुमाएको थियो।

श्रीलङ्का लागि हर्षिता समराविक्रमाले ५१ बलमा ६ चौका र दुई छक्काको मद्दतले अविजित ६९ रनको योगदान गरेकी थिइन्। कप्तान चमारी अथापथुले ४३ बलमा नौ चौका र दुई छक्काको मद्दतले ६१ र काविशा दिलहरीले अविजित ३० रन बनाएकी थिइन्।

टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनको योगफल बनाएको थियो। भारतका लागि स्मृति मन्धनाले ४७ बलमा १० चौकाको मद्दले सर्वाधिक ६० रन बनाइन्। ऋचा घोषले ३०, जेमिमाह रोड्रिगेजले २९, सफाली वर्माले १६ र कप्तान हरमनप्रित कौरले ११ रन बनाएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित