त्रिशूलीको केराबारीमा देखियो बस जस्तो रातो बस्तु

चितवन । नारायणगढ मुग्लिन सडक खण्डको केराबारीमा पर्ने त्रिशूली नदी बीचमा रातो वस्तु देखिएको छ । स्थानीयले नदी बीचमा केही बेरअघि रातो वस्तु देखिएपछि सिमलतालबाट बगाएको बस हुनसक्ने आशंकामा प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक भावेश रिमालका अनुसार स्थानीयले बस जस्तो वस्तु नदी बीचमा देखेर प्रहरीलाई खबर गरेकाले त्यतातर्फ प्रहरी टोली पठाइएको छ।

‘नदी बीचमा रातो रंगको केही वस्तु देखिएको भनेर हामीलाई खबर आएको छ’, उनले भने, ‘ठ्याक्कै बस नै हो भन्नसक्ने अवस्था छैन । प्रहरी टोली त्यसतर्फ जाँदैछ । राति हुँदै गएकाले पानीमा जान सम्भव हुने नहुने भन्न सकिँदैन ।’

आज दिनभर भारतीय उद्धार टोलीसहितको सुरक्षाकर्मीले त्यही आसपासका क्षेत्रमा चुम्बक प्रयोग गरी बसको खोजी गरेका थिए । दुइटा गरी ४० किलोको चुम्बक प्रयोग गरिए पनि केही प्रगति भएन । केही बेरअघि मात्रै खोजी कार्य स्थगित गरिएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित