सम्झनाको अर्धशतकमा युएईमाथि नेपालको सान्दार जित

काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले सान्दार जितको सुरूवात गरेको छ। शुक्रबार श्रीलंकाको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’ मा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो। एसिया कपमा नेपालले पहिलो जित निकालेको हो। यसअघिका दुई संस्करणमा नेपाल सबै खेलमा पराजित भएको थियो।

शुक्रबार युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ‌ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर सम्झना खड्काले अर्धशतक प्रहार गरिन्। उनले ४५ बलमा नटआउट ७२ रन जोडिन्। सम्झनाले ११ चौका प्रहार गरिन्। सम्झनाको यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो।

यो नेपाली महिला ब्याटरले टी-२० अन्तर्राष्ट्रियमा बनाएको तेस्रो ठूलो तथा एसिया कपको उच्च स्कोर हो। यस्तै नेपालले टी-२० मा पार गरेको यो अहिलेसम्मकै ठूलो लक्ष्य हो।

सम्झना खेलको प्लेयर अफ दि म्याच बन्न सफल भइन्। खेलपछि उनले देशका लागि अर्धशतक प्रहार गरेर जित निकाल्नु गर्वको कुरा भएको बताउँदै सबैलाई धन्यवाद दिइन्।

पूजा महतो ७ रनमा नटआउट रहिन्। अर्की ओपनर सीता रानामगर ७ रनमा आउँदा कविता कुँवरले २ रन मात्र जोड्न सकिन्। कप्तान इन्दू वर्मा ६ रनमा आउट हुँदा रुबिना क्षेत्री १० रनमा बोल्ड भइन्। बलिङमा युएईकी कविशाले ३ विकेट लिइन्।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेटको क्षतिमा ११५ रन जोड्यो।

युएईका लागि खुसी शर्माले सबैभन्दा बढी ३६ रन बनाइन्। नेपालकी कप्तान इन्दू वर्माबाट क्याच हुनुअघि उनले ३९ बलमा २ चौका प्रहार गरिन्।

त्यसअघि नेपालले युएईकी ओपनर तथा कप्तान इशा ‌ओजालाई दोस्रो ‌ओभरमा १० रनमा रनआउट गरेको थियो। अर्की ओपनर तिर्था सतिथलाई नेपालकी कप्तान इन्दू वर्माले आउट गरिन्।

त्यसअघि सबनम राईले रिनथा रजितलाई ६ रनमा पेभिलियन फर्काएकी थिइन्। सामिरालाई कप्तान इन्दूले १३ रन र किभिसालाई कृतिका मरासिनीले २२ रनमा आउट गरे।

बलिङमा कप्तान इन्दूले ३ विकेट लिइन्। उनले ४ ओभरमा १९ रन खर्चिइन्। सबनम राई, कविता जोशी र कृतिका मरासिनीले १-१ विकेट लिए। नेपालले युएईका दुई ब्याटरलाई रनआउट गर्‍यो।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित