दुबईमा भएको सडक दुर्घटनामा एक नेपाली महिलाको मृत्यु

युएई । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी एक नेपाली महिलाको ज्यान गएको छ । दुबईको अलुकजमा रहेको सर्भ यु कम्पनीको मजदुर शिविरबाट बिहान कार्यस्थल जान सडक पार गर्ने क्रममा सडकमा हुइकिएको भ्यानले ठक्कर दिँदा सोही कम्पनीमा कार्यरत मोरङकी अनिता पाख्रिनको ज्यान गएको हो।

मोरङ पथरीकी २८ वर्षीय अनिता ३ वर्ष पहिले युएई आएकी हुन् । साउन १ गते बिहान ५ बजे काममा जान कम्पनीको मजदुर क्याम्पबाट निस्किएर सडक पार गर्ने क्रममा भ्यानको ठक्करले घटनास्थलमै ज्यान गएको कम्पनीले जनाएको छ । दुर्घटनामा परी नेपाली महिलाको ज्यान गएको बारे नेपाली दुतावासलाई अनौपचारिक जानकारी प्राप्त भएको दुतावासका श्रम काउन्सिलर दीनबन्धु सुवेदीले जानकारी दिए ।

मृतक अनिताको शव नेपाल पठाउने सम्बन्धमा कम्पनीसँग समन्वय गरेर कानुनी प्रकृिया पुरा गरी पठाउने अबुधावीमा रहेको नेपाली दुतावासले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित