द्वारिकाज् होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

काठमाडौं । काठमाडौंको बत्तीसपुतलीस्थित द द्वारिकाज् होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ।

व्यवसायी श्रेष्ठको बिहीबार ९२ वर्षको उमेरमा निधन भएको हो। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको परिवारजनले बताएका छन्।

श्रेष्ठ निमोनिया र बाथरोगबाट पीडित थिइन्। दुई महीनायता मेडिसिटी अस्पतालमा उनको उपचार चलिरहेको थियो।

उनी हिमालमिडिया प्रालिको संस्थापक अध्यक्ष पनि हुन्। त्यस्तै, उनी स्पेनका लागि अवैतनिक महावाणिज्यदूत भएकी थिइन्।१९८९ सालमा भारतको सिक्किममा जन्मिएकी श्रेष्ठले २०१२ सालमा द्वारिकादास श्रेष्ठसँग विवाह गरेकी थिइन्। श्रीमान्‌को निधन भएपछि उनले व्यवसाय सम्हालेकी थिइन्।

साढे ६ दशकदेखि होटल तथा पर्यटन व्यवसायमा संलग्न श्रेष्ठले ३३ वर्षदेखि पूर्ण रूपमा द्वारिकाज् होटल सम्हाल्दै आएकी थिइन्। उनले धुलिखेलमा पनि होटल सञ्चालन गरेकी थिइन्। साथै, ट्राभल एजेन्सी पनि चलाउँदै आएकी थिइन्। शुक्रबार पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने जनाइएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित