व्यवसायीसँग पैसा असुल गरेको भन्दै बैदामका डीएसपीविरुद्ध अख्तियारमा उजुरी

पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

पोखराका पर्यटन व्यवसायीहरूले गत असार २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्ध उजुरी दिएका थिए । डीएसपी श्रेष्ठले पदको दुरुपयोग गरेर गैरकानुनी काम गरेको उजुरीपत्रमा उल्लेख छ । उजुरीमा श्रेष्ठले प्रहरी जनशक्ति परिचालन गरेर रात्रिकालीन व्यवसायीहरूबाट महिनावारी शुल्क उठाउने गरेको दाबी गरिएको छ ।

“व्यवसायीहरूले डीएसपी श्रेष्ठलाई प्रतिव्यक्ति मासिक ५० हजारदेखि एक लाख रुपैयाँसम्म बुझाउने गरेका छन्,” उजुरीमा भनिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका शाखा अधिकृत विन्दु भण्डारीले उजुरी असार ३० गते दर्ता भएको पुष्टि गरिन् ।

व्यवसायीहरूले पैसा माग्ने उद्देश्यले डीएसपी श्रेष्ठले क्लब डान्सबार, दोहोरी साँझ गेट र भित्रसम्मै चेकिङको नाममा आतंक मच्चाउने र पैसा नदिने व्यवसायीमाथि कारबाहीको नाटक गर्दै आएको बताएका छन् । क्लब, डान्सबार र दोहोरीमा हुने झगडाहरूमा प्रहरीले पैसाकै लागि बार्गेनिङ गरिरहेको आरोप उनीहरूको छ ।

क्लबभित्र अन्य व्यक्तिको झगडामा पनि प्रहरीले बाउन्सरविरुद्ध जाहेरी दिन लगाएर पीडितलाई उल्टो थुनामा राख्ने हर्कत गरेको पत्रमा उल्लेख छ । नेपाल भ्रमण आउने भारतीयहरूलाई विभिन्न बहानामा पक्राउ गर्ने र रकम लिएर छाड्ने गरेको उनीहरूको आरोप छ । डीएसपी श्रेष्ठमाथि भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार कारबाही गर्न व्यवसायीको माग छ । यता डीएसपी श्रेष्ठले भने आफूमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित