जापानमा श्रमिक पठाउने संस्थालाई सूचीकृत हुन आव्हान

काठमाडौं । वैदेशिक रोजगार विभागले जापानमा प्राविधिक श्रमिक पठाउने संस्थाहरूलाई सूचीकृत हुन आह्वान गरेको छ ।

विभागले जारी गरेको सूचनाअनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत पत्र प्राप्त गरी वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ बमोजिम योग्यता पुगेका इजाजतपत्रवाला संस्थाहरूले निवेदन दिन सक्नेछन् ।

‘नेपाली प्राविधिक अभ्यासार्थी जापान पठाउने निर्देशिका, २०६६ (दोस्रो संशोधन २०७१) को दफा १६ को उपदफा (२) तथा (३) बमोजिम सूचीकृत हुनको लागि १५ दिनभित्र विभागमा निवेदन दिन अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।

विभागले यसअघि सूचीकृत भई नवीकरण बहाल रहेका इजाजतपत्रवाला संस्थाहरूले भने पुनः सूचीकृत हुनु नपर्ने जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित