काठमाडौं । वाणिज्य बैंकहरुको साउन महिनाको १ गतेदेखि लागुहुनेगरी नयाँ व्याजदर सार्वजनिक गरेका छन् । औसतमा साउन महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर सामान्य घटेको छ ।
व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब साउन महिनाका लागि ६.७३ प्रतिशत कायम भएको छ। असारमा औसत ब्याजदर ६.८७ प्रतिशत रहेको छ। औसतमा हेर्दा २० बैंकहरुको ब्याजदर साउनका लागि ०.१४ विन्दुले घटेको हो ।
पछिल्ला महिनाहरुमा बैंकहरुले लगातारजसो ब्याजदर घटाइरहेका छन् । प्रणालीमा अधिक तरलता अवस्था छ । कर्जा प्रवाह हुन सकेको छैन । प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर घटाउन बैंकहरुबीच प्रतिस्पर्धा नै चलिहरेको छ ।
त्यस्तै १३ बैंकको ब्याजदर घटेको छ भने ५ बैंकहरुले असारकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् भने २ बैंकले ब्याजदर बढाएका छन् । कृषि विकास बैंक र एभरेष्ट बैंकले भने असार महिनाको तुलनामा साउनमा ब्याजदर बढाएका छन् । यता, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल र नेपाल एसबीआई बैंकले असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् ।
कुन बैंककाे ब्याजदर कति ?