मनकामना केबुलकार ५० दिनका लागि बन्द

काठमाडौं । गोरखाको मनकामनामा रहेको केबुलकार आजदेखि ५० दिनका लागि बन्द भएको छ। मर्मत संभार र स्तरोन्नतीका लागि केबुलकार झण्डै दुई महिना बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

‘नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले आज (असार ३१ गते) देखि आगामी भदौ २० गतेसम्म केबुलकार बन्द गर्न लागिएको हो,’ शेरचनले भने।

सेवा बन्द गरेर केबुलकारको डिजिटल प्रणाली स्तरोन्नति र मुख्य केबुल तार (लट्ठा) समेत फेर्ने तयारी भएको उनले बताए। मनकामना केबुलकार प्रालिले एक महिनाअगाडि नै सूचना निकालेर यात्रुलाई सेवा बन्द हुने विषयमा जानकारी गराएको थियो।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको हो।

केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेसन)मा रहेको रेष्टुरेन्ट सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ।

केबुलकार बन्द हुँदा दर्शनर्थीलाई परेको असुविधाप्रति क्षमा याचना गर्दै प्रालिले यात्रुलाई छिटो भन्दा छिटो सेवा दिन कोसिस गर्ने जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित