कांग्रेसकाे पार्टी कार्यालय बनाउन बडिगाड र काठेखोला गाउँपालिकाले दियो २५ लाख भुक्तानी

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिकाले नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय (विपी स्मृति) निर्माणका लागि १५ लाख रुपैयाँ भुक्तानी दिएकाे छ । आर्थिक वर्षको अन्तिम असार २४ गते सो रकम भुक्तानी दिएकाे बडिगाड गाउँपालिकाका लेखा अधिकृत लक्ष्मण कँडेलले जानकारी दिए । उनका अनुसार सम्पूर्ण प्रक्रिया पूरा भएर आएपछि नियमअनुसार करकट्टी गरी भुक्तनी दिइएकाे हाे ।

‘सम्पूर्ण प्रक्रिया पूरा भएर आएपछि असार २४ गते भुक्तानी भएको हो,’ उनले भने, ‘भुक्तानी भएको रकम ठ्याक्कै हेर्नुपर्छ तर नियमअनुसार करकट्टी गरेर भुक्तानी गरेका छौं ।’

पार्टी कार्यालयको भवन निर्माणका लागि रकम छुट्याउने काम गलत भएको भन्दै विभिन्न राजनीतिक दल तथा नागरिकहरुले विरोध गर्दै आइरहेका छन् । विरोधका बाबजुद पनि गाउँपालिकाले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर रकम भुक्तानी गर्दा नकरात्मक नजिर बसेको जानकार बताउँछन् ।

नगरपालिका र गाउँपालिकाले कुन शीर्षकमा बजेट खर्च गर्न पाउने भन्ने प्रष्ट रूपमा उल्लेख भएको बताउँदै कुनै व्यक्ति वा पार्टीको निम्ति जनताका लागि आएको बजेट खर्च गर्न नपाइने अधिवक्ता केशव पराजुली बताउँछन् ।

‘प्रत्येक गाउँपालिका र नगरपालिकाको आफ्नै आर्थिक सूचाङ्क हुन्छ,’ अधिवक्ता पराजुलीले भने, ‘कुन शीर्षकमा खर्च गर्न पाउने भन्ने कुरा प्रष्ट रूपमा लेखिएको छ । आफ्नो मनपरितन्त्र गरी कुनै पार्टी वा व्यक्तिको नाम रकम छुट्याउनुु गैरकानुनी कुरा हो ।’

‘पार्टी कार्यालय निर्माणका लागि बजेट विनियोजन गरी भुक्तानी दिने कार्य गलत छ,’ उनले भने, ‘कार्यापालिकाले सो प्रस्ताव पास गरेपनि गैरकानुनी कार्य गैरकानुनी नै हुन्छ ।’

यता महालेखा परीक्षकको कार्यालयले पनि आफ्नो क्षेत्रअधिकारीभन्दा बाहिर गएर रकम खर्च नगर्न चेतावनी दिएको छ ।

काठेखोलाले पनि दियो १० लाख भुक्तानी
बागलुङकै काठेखोला गाउँपालिकाले पनि नेपाली कांग्रेसको भवन निर्माणका लागि १० लाख रुपैयाँ भुक्तानी गरेको छ । आर्थिक वर्षको अन्तिम असार २४ गते नै सो रकम भुक्तानी गरेको प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले जानकारी दिए ।

‘कार्यापालिकाले विपि स्मृति भवन निर्माणका लागि १० लाख बजेट छुट्याउने निर्णय गरेको थियो,’ उनले भने, ‘सोही अनुसार करकट्टी गरी रकम भुक्तानी गरेका छाैं ।’

यता जनदबाव बढेपछि पार्टी कार्यालय बनाउन १४ लाख दिने निर्णयबाट तमानखोला गाउँपालिका पछि हटेको थियो । गत पुस २९ गतेको हिउँदे अधिवेशनले पार्टी कार्यालयको भवन निर्माणका लागि १४ लाख छुट्याउने निर्णय गरेको थियो ।

क्षेत्राधिकारभन्दा बाहिर गएर अनुदान दिँदा १३ लाख ८७ हजार बेरूजु

बडिगाड गाउँपालिकाले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐनकाे पालना नगरेकाे पाइएकाे छ । ऐनकाे २०७५ को नियम ३५ को (२) अनुसार आफ्नो क्षेत्रभित्रको हो होइन यकिन गरेर मात्र भुक्तानी दिनुपर्ने व्यवस्था छ ।  महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा बडिगाड गाउँपालिले क्षेत्राधिकारभन्दा बाहिर गएर भुक्तानी गरेको १३ लाख ८७ हजार ७ सय ७७ रुपैयाँ अनियमित भएको ठहर गरेको छ ।

प्रतिवेदन अनुसार मानव सेवा आश्रम बागलुङको भवन निर्माणका लागि भुक्तानी भएको ९ लाख ९० हजार ५ सय ३० रुपैयाँ अनियमित भएकाे छ । यस्तै, नेपाल टेलिकमको टावर भवन निर्माणका लागि १ लाख ५८ हजार ६७ रुपैयाँ, ईलाका प्रहरी कार्यालय खर्बाङ, भीमगिठे र ग्वालीचौरका लागि ९० हजार र मध्य भिमगाड खोला लघु जलविद्युत परियोजनाका लागि १ लाख ४९ हजार १ सय ८० रुपैयाँ भुक्तानी भएको रकम महालेखाले अनियमित (बेरुजु) भएको ठहर गरेको छ ।

5ff2320f 9e57 442f ae93 2081c1865f6d https://newskhari.com/storage/2024/07/Screenshot-2024-07-12-211714.png

याे पनि पढ्नुहाेस्

कांग्रेस पार्टीको भवनलाई बजेट छुट्याएपछि तमानखोलामा लफडा : जनप्रतिनिधिले नै लगाए कार्यालयमा ताला

वीपी स्मृति भवनलाई बडिगाड गाउँपालिकाले विनियोजन गर्‍यो १५ लाख

कांग्रेसको भवन बनाउन १५ लाख : निर्णय फिर्ता लिन बडिगाडलाई तीन दिनको ‘अल्टिमेटम’

बडिगाड अध्यक्ष अधिकारीको चुनौतिः ‘बजेट कार्यान्वयनको पक्षमा छौं चित्त नबुझे अगाडी बढ्नुस्’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित