काठमाडौं । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारमा मधेस प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री विजयकुमार यादवसहित पाँचजना दोषी ठहर भएका छन् ।
विशेष अदालतले मङ्गलबार पूर्वमन्त्री यादवलाई ९ वर्ष एक महिना कैद सजाय तथा ३ करोड ५९ लाख ६६ हजार ६ सय रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।
त्यसैगरी अन्य प्रतिवादीहरू लक्ष्मण प्रसाद यादव रामदरास राउत शेरबहादुर राउत कृष्णप्रसाद गौतम, लीलामणि आचार्य र सन्दीप नेपालीलाई जनही दुई वर्ष ६ महिना कैद सजाय सुनाइएको हो।
विशेष अदालतका न्यायाधीश न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रतिष्ठान र नेपाल सरकारको सहकार्यमा बन्न एन्टिभेनम उत्पादन तथा अनुनसन्धान केन्द्रका नाममा अनियमितता गरेको ठहरसहित सजाय निर्धारण गरेको हो ।