विपद् : एक महिनामा ८० जनाको मृत्यु, ९७ जना घाइते

काठमाडौं । गएको जेठ २८ देखि आजसम्म मनसुनजन्य विपद्‍मा परेर ८० जनाले ज्यान गुमाएका छन्।

नेपाल प्रहरीले आज सार्वजनिक गरेको तथ्यांक अनुसार मनसुन सुरु भएको दिन जेठ २८ देखि आजसम्म ३० दिनको अवधिमा ८० जनाको मृत्यु भएको हो।

बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा १, कोशी प्रदेशमा १९, मधेश प्रदेशमा ३, बागमती प्रदेशमा ४, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा २०, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ७ जनाको मृत्यु भएको हो।

उनका अनुसार काठमाडौं उपत्यकामा ३, कोशी प्रदेशमा २३, मधेश प्रदेशमा ७, बागमती प्रदेशमा ४, गण्डकी प्रदेशमा २६, लुम्बिनी प्रदेशमा ८, कर्णाली प्रदेशमा १५ र सुदूरपश्चिम प्रदेशमा ११ जनागरी ९७ जना घाइते भएका छन्।

प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार कोशी प्रदेशमा ४१, गण्डकी प्रदेशमा १२ जनाको उद्धार गरिएको छ भने बाढी पहिरोमा परी कोशी प्रदेशमा २, बागमती प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १ गरी ५ जना बेपत्ता छन्।

बाढीबाट १६१ घर डुबानमा परेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट २ हजार ७६४ परिवार विस्थापित भएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित