बाढी-पहिरो : हालसम्म ७० को मृत्यु, ५ जना बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरालगायतका विपदमा परेर हालसम्म ७० जनाले ज्यान गुमाएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु भएको जानकारी दिए।

‘बाढी पहिरोमा ८६ जना घाइते र पाँच जना बेपत्ता छन्,’ उनले भने। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यस अवधिमा बाढी पहिराका नौ सय ६६ घटना घटेका छन्। त्यसबाट ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपाया पनि मरेका छन्। भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ।

बाढी पहिरो पीडित नागरिकको उद्धारमा चार हजार सात सय ९० प्रहरी परिचालन गरिएको छ।

बाढी पहिरोबाट नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित