काठमाडौं उपत्यकाको तापक्रम हालसम्मकै उच्च विन्दुमा पुग्यो

काठमाडौं । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आज बिहान ६:४५ बजेको मापनमा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२.२ डिग्री सेल्सियस देखिएको हो।

उपत्यकामा यो न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै अधिक हो। यसअघि हिजो (बुधबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २१.८ डिग्री सेल्सियस थियो। जुन उपत्यकाका लागि हिजोसम्मकै उच्च न्यूनतम तापक्रम थियो। आज त्यो रेकर्ड पनि ब्रेक भएको हो।

मौसमविद्का झाका अनुसार राति आकाशमा डम्म बादल लाग्यो तर पानी परेन भने भोलिपल्ट बिहान न्यूनतम तापक्रम बढ्छ। तर राति आकाश सफा भयो भने न्यूनतम तापक्रम घट्छ।रातिको बादलले बर्कोको काम गर्ने मौसमविद् बताउँछन्।

‘दिनभरि घामले तातिएको जमिनको तापक्रम राति बादलले छेक्ने भएकाले त्यो बाहिरिन पाउँदैन’, उनले भने, ‘जसले गर्दा राति गर्मी हुन्छ र बिहान न्यूनतम तापक्रम बढ्छ।’

उनका अनुसार आज बिहान न्यूनतम तापक्रम बढी देखिनु भनेको अघिल्लो राति बढी गर्मी हुनु हो। मौसम महाशाखाको विवरणअनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३४.३ डिग्री सेल्सियस छ। यस वर्ष अहिलेसम्म उपत्यकाको अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियससम्म पुगेको छ।

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसम्म पुग्ने अनुमान मौसम महाशाखाले गरेको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित