ताराखोलाले काजु, रेडबुललगायत खाजामा सक्यो साढे २४ लाख

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले काजु रेडबुललगायत खाजामा साढे २४ लाख खर्च गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रहेर खर्च गर्नुपर्ने व्यवस्था भएपनि गाउँपालिकाले नियम र निर्देशिका विपरित गरेको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुुसार पालिकाले खाना तथा विविध खर्च शिर्षकमा २५ लाख विनियोजन गरेकोमा २४ लाख ४६ हजार ३ सय ६६ खर्च गरेको छ । खर्च लेख्दा गाउँसभा, अतिथि सत्कार विभिन्न बैठक उपस्थितिमा भएको खाना, खाजा, फलफुल, तरकारी, काजु, रेडबुललगायत बस्तुहरु समावेश भएको पाइएको भन्दै खर्चको पुष्ट्याइ हुने आधार नभएको ठम्याँइ गरेको छ ।

कतिपय भौचरबाट ट्याकसुट सेट, व्याडमिन्टन ज्याकेटलगायतको फजुल खर्चको भुक्तानी गरेको आयोगले औंल्याएको छ । आयोगले खर्चको वास्तविकता यकिन गर्ने आधार भएको नदेखिएकाले विविध खर्च सम्बन्धी नियम, निर्देशिकाको पालना गरी मितव्यायी तवरले खर्च गर्न चेतावनी दिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित