काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले आफूले पार्टी केन्द्रको निर्देशन अनुसार नै फ्लोर क्रस गरेको बताएका छन्।
सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि नेपालखबरसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टीकै निर्देशनमा अघि बढेको बताए।
‘मेरो राजनीतिक पार्टी नेपाल समाजवादी पार्टी हो नि। मेरो पार्टीले प्रदेश र केन्द्रबाट दिएको निर्देशन अनुसार मैले काम गरेको हुँ,’ उनले भने।
तर, नेकपा माओवादी केन्द्रले भने आफ्नो पार्टीको चुनाव चिन्हबाट निर्वाचन लडेको भन्दै आफ्नो ह्विप लाग्ने बताएका छन्। साथै, उनले माओवादीले आफूलाई कारबाही गर्न समेत नपाउने बताए।