कैलाश सिरोहिया अस्पताल भर्ना

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्।

नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार पक्राउ परेका सिरोहियालाई शुक्रबार अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भूवनेश्वर तिवारीले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि सिरोहियालाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको उनले बताए।

‘बेलुकी यहीँ हुनुहुन्थ्यो। अलि अनइजी फिल गर्नुभयो। त्यसपछि अस्पताल भर्ना गरेका हौं,’ एसपी तिवारीले भने। काब्या अस्पतालका अनुसार सिरोहियालाई राति १० बजे पुर्‍याइएको थियो। ‘मुटुमा समस्या भएर ल्याइएको रहेछ। हिजो नै विभिन्न परीक्षणहरू भए। आज पनि केही परीक्षणहरु गरिएको छ। रिपोर्ट आउन बाँकी छ,’ अस्पतालका एक डाक्टरले भने।

एसपी तिवारीका अनुसार सिरोहियालाई पहिले प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। ‘त्यहाँ उहाँको उपचारका लागि आवश्यक सुविधाहरू नभएका कारण नजिकै रहेको काब्या अस्पताल लगिएको हो। त्यहाँ उपचार जारी छ,’ उनले भने।

मंगलबार कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालय थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई सोही दिन धनुषा पुर्‍याइएको थियो। बुधबार अदालतमा पेश गर्दा सिरोहियालाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो।

उक्त म्याद सकेसँगै शुक्रबार उनलाई पुनः अदालतमा पेश गरिएको थियो। उनीमाथि अनुसन्धानका लागि थप तीन दिन म्याद थपिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित