काठमाडौं । काठमाडौंमा पानी पर्न सुरु भएको छ । काठमाडौं उपत्यकाको दक्षिणी भू–भागबाट वर्षा सुरु भएको हो ।
मौसमविद् रोजन लामिछानेका अनुसार ललितपुरका केही स्थानमा छिटपुट वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि आज वर्षा हुनेछ ।
काठमाडौंमा छिटपुटदेखि हल्का वर्षा हुने उनको भनाइ छ । भारी वर्षाको सम्भावना नरहेको तर दिनभर बदली हुने उनको भनाइ छ । “दिउँसो पनि वर्षा हुनेछ । तर दिनभर भने वर्षा हुने छैन,” उनले भने, “दिनभर वर्षा नभए पनि बदली भने हुनेछ ।”
काठमाडौंमा आज बिहान न्यूनतम तापक्रम १९.४ डिग्री सेल्सियसम मापन भएको थियो । दिउँसो २८ देखि ३० डिग्री सेल्सियसम्म पुग्ने मौसमविद् लामिछानेले जानकारी दिए ।