कैलाश सिरोहियालाई लगियो अदालत

काठमाडौं । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई आज (बुधबार) जिल्ला अदालत धनुषा लगिएको छ।

सिरोहियाको नागरिकताको नम्बर पहिले नागरिकता लिएका अर्का व्यक्तिको नागरिकता नम्बरसँग मेल खाएको भनी धनुषा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी परेपछि अनुसन्धानका लागि उनलाई मंगलबार पक्राउ गरिएको हो।

काठमाडौंबाट मंगलबार साँझ गाडीमा लगिएका उनलाई बुधबार बिहान धनुषा जिल्ला प्रहरी कार्यालय पुर्‍याइएको थियो। अनुसन्धानका लागि म्याद थप गर्न धनुषा प्रहरीले केही बेरअघि सिरोहियालाई अदालत पेस गरेको हो।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाले अदालतसँग सुरुमा हामी १० दिनको म्याद माग्ने जानकारी दिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित