बागलुङ । काम गर्न नसकेपछि बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष केवि राना मगरले पदबाट राजीनामा दिएका छन् ।
निर्वाचित भएर अपेक्षित परिणाम दिन नसकेको भन्दै उनले राजीनामा दिएका हुन् । केवि राना मगर नेतृत्वको कार्यसमिति गत पुष २९ गते निर्वाचित भएका थिए । नवनिर्वाचित समिति चार वर्षको लागि निर्वाचित भएको थियो।
अध्यक्षको हैसियतमा उपभोक्ताको हितमा काम गर्न नसकेको भनि र त्यसको जिम्मेवारी लिँदै सोमबार आफूले राजीनामा दिएको मगरले उपाध्यक्ष हरिबहादुर जिसी सन्तोषलाई सम्बाेधन गरेकाे पत्रमार्फत जानकारी दिएका छन् ।