काठमाडौंको थलीमा शंकास्पद अवस्थामा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा शंकास्पद अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।

शव बिहान साढे पाँच बजे फेला परेको थली प्रहरीले जानकारी दिएको छ।

‘हामीलाई बिहान साढे पाँच बजे खबर आयो। शव थलीको उकालामा फेला परेको हो। शवको प्रकृति हेर्दा घटना शंकास्पद देखिएको छ, हामी पहिचानको कोसिस गरिरहेका छौं,’ प्रहरीले जानकारी दिए।

प्रहरीका अनुसार कपडाले शवको मुख ढाकिएको छ। घटना स्थलमा दुईवटा ब्लेड फेला परेका छन्।

‘हामीले फेला पर्दा ब्लिडिङ भइरहेको थियो। अहिले प्रहरीले घटनास्थलको मुचुल्का उठाइरहेको छ। मृतक ३५ देखि ४५ वर्ष उमेरको अन्दाज गरेका छौं,’ प्रहरीले जानकारी दिएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित