काठमाडौं । नेपाली कांग्रेसका सांसदहरुले प्रतिनिधिसभाको वेल घेराउ गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा कांग्रेसका सांसदहरूले नाराबाजी गरेका हुन् ।
उनीहरूले संसद् अवरोध गरेपछि बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ ।
उनीहरूले सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका छन् । सभामुख देवराज घिमिरेले बसेर संसद्को कारबाही अघि बढाउन सहयोग गर्न आग्रह गरिरहेका छन् ।