काठमाडौं । सुनको मूल्यले फेरि अर्को कीर्तिमान बनाएको छ। सोमबार ९ सय रुपैयाँ बढ्दा हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
आज छापावाल सुन १ लाख ४१ हजार ८ सय र तेजाबी सुन १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। चाँदी पनि ३० रुपैयाँले बढ्दा तोलाकै १ हजार ९ सय ४० रुपैयाँ पुगेको छ।
अघिल्लो दिन छापावाल सुन १ लाख ४० हजार ९ सय, तेजाबी सुन १ लाख ४० हजार २ सय र चाँदी १ हजार ९ सय १० रुपैयाँमा कारोबार भएको थियो। उता अन्तर्राष्ट्रिय बजारमा समेत चाँदी प्रतिऔँस ३२ डलर नाघेको छ भने सुन २ हजार ४ सय ४५ अमेरिकी डलर पुगेको एजेन्सीहरुले उल्लेख गरेका छन्।