अञ्जलीलाई आँखा झिम्क्याएको निहुँमा प्रहरी जवानकाे हत्या, १३ वर्षीय नाबालकसहित ७ जना पक्राउ

काठमाडौं । दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा नाबालकसहित ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसरले हत्यामा संलग्न ७ जनालाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

प्रहरीले ४ जनालाई तारकेश्वर जंगलमा सुतिरहेको अवस्थामा फेला पारेको थियो । त्यहाँ २-२ जना केटा र केटी थिए । उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले एक राउन्ड हवाइ फायरसमेत गरेको जनाएको छ ।

पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नागरपालिका हाल मनमैजु जरखु आसपासमा निर्मार्णाधीन घरहरू आश्रय लिई बस्ने २१ वर्षीय आइते भनिने सचिन परियार, चागुनारायणकै १८ वर्षीया अन्जली श्रेष्ठ, स्याङजा आँधीखोला गाउँपालिका घर भई मनमैजु जरखु आसपासमा निर्मार्णाधीन घरहरुमा आश्रय लिई बस्ने २१ वर्षीया विपना भनिने वसन्धुरा कार्की, ५६ वर्षीया नुरमाया कार्की, नुवाकोटका २१ वर्षीय बुद्ध लामा, सिन्धुपाल्चोकका ३० वर्षीय दोर्जे भनिने अमित तामाङ र १३ वर्षीय नाबालक छन् ।

मनमैजु जरखु आसपासमा निर्मार्णाधीन घरमा आश्रय लिँदै आएका उनीहरू सबै लागुऔषध सेवनकर्ता रहेको प्रहरीको भनाइ छ । प्रहरीले यसअघि चोरी लुटपाटदेखि ज्यामी काम गर्नेलाई पनि सोधपुछ गरेको थियो ।

खोटाङको मजुवागढी गाउँपालिका-१ का का ३२ वर्षीय युवराजको शव शंकास्पद अवस्थामा शुक्रबार मनमैजुस्थित निर्माणाधीन घरमा भेटिएको थियो । टोखा नगरपालिका गंगबु गणेशथान बस्ने उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा कार्यरत थिए ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख वसन्त रजौरेका अनुसार घिमिरे ड्युटी सकेर घरजानु अघि खाजा खान तार्केश्वर ११ को एक सानो होटलमा पसेका थिए । सोही क्रममा अन्जली श्रेष्ठ र सचिन परियार पनि त्यही खाजा घरमा खाजा खान पुगेका थिए । घिमिरे र परियारको पुरानो चिनजान अनुसन्धानबाट देखिएको छ । उनीहरु तीनजना सँगै एउटै टेवलमा बसेर खाजा खाएका थिए ।

‘त्यहीँबाट उनीहरूबीच विवाद सुरु भएको देखिन्छ । युवराजले अन्जलीलाई आँखा झिम्काएको सचिनले भनेको छ । त्यसपछि सचिनले अन्जलीलाई विसन्चो भयो भनेर माथिसम्म पुर्‍याइदिन युवराजलाई अनुरोध गरेका थिए । उनीहरू एउटै मोटरसाइकलमा सो स्थानमा गएको पाइएको छ’, रजौरेले भने ।

युवराजलाई पहिलेदेखि नै त्यहाँ रहेका विपना, नुरमाया, बुद्ध, अमृत र नाबालकले अन्धाधुन्द इटा, रड, बेल्ट र ढुंगा प्रहार गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । हत्यापछि युवराजको शव ठाउँ परिवर्तन गरी घरभन्दा केही बाहिर छोपेर राखिएको थियो ।

युवराजको जुत्ता जलाएर भागेका उनीहरू जरखुतर्फ गएर सडकपेटीमा सुतेको रजौरेले बताए । युवराजले मदिरा खाएरनखाएको परीक्षण भइनसकेको बताइएको छ । हत्याको पूर्वयोजना भने नदेखिएको उनको भनाइ छ ।

‘पुरानो रिसिबी हुन सक्नेतर्फ अनुसन्धान अघि बढेको हो ।अन्जली श्रेष्ठ र सचिन परियार लिभिङ टुगेदरमा थिए’, रजौरेले भने । महिलासँग भने युवराजको चिनजान नभएको प्रारम्भिक अनुसन्धान देखिएको छ ।

‘यो टोली एकैठाउँमा बस्ने टोली होइन । उनीहरु ७ दिन एक ठाउँमा बसे ७ दिन अर्को ठाउँमा बस्ने गरेका थिए । यिनीहरु निमार्णाधीन घरहरुमा बस्ने टोली रहेछन् । उनीहरु विगत लामो समयदेखि सँगै बस्दै आइसकेका थिए । प्रहरी प्रमुख रजौरेले भने,’ मृतक अहिलेसम्म त्यो स्थानमा गएको भेटिएको छैन । खाजाघरमा आखाँ झिम्काएको निहुँमा त्यहाँबाट सुरु भएको हुन सक्छ ।’

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित