सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले गत साताको शुक्रबारको तुलनामा तोलामा १ हजार ४०० रुपैयाँले बढेर कारोबारमा आएको जानकारी दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार ९०० रुपैयाँ थियो । जुन यो साताको शुक्रबारसम्म आइपुग्दा १ लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यो साता नेपाली बजारमा सुनको मूल्यले कीर्तिमानी मूल्य समेत कायम गरेको थियो ।

साताको बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँसम्म कायम भएको थियो । जुन, अहिलेसम्मको सबैभन्दा उच्च हो । यद्यपि शुक्रबार भने तोलामा ७०० रुपैयाँले घटेर कारोबार सुरु भएको थियो ।

यस्तै यो साता चाँदीको मूल्य समेत बढेको छ । गत साता चाँदीको मूल्य तोलामा १७ सय ३५ रुपैयाँ थियो । जुन यो साताको शुक्रबार बढेर १८ सय रुपैयाँ प्रतितोला पुगेको छ । यो प्रतितोला ६५ रुपैयाँको वृद्धि हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित