भोलि बिहानसम्म कांग्रेससँगको सहमति टुंगोमा पुग्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (आइतबार)सम्ममा प्रमुख प्रतिपक्षी दलसँग सहमति हुने विश्वास व्यक्त गरेका छन्। शनिबार नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिपक्षी दलसँग छलफल भइरहेको बताए।

प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान बालुवाटारमा बोलाएर कांग्रेस नेताहरूसँग छलफल गरेका थिए। सो छलफल सकारात्मक भएको कांग्रेसका नेताहरूले बताएका छन्।

कांग्रेससँगको छलफबारे अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग उनले छलफल गर्दैछन्।

सोही छलफलमा जान हतार भएको भन्दै पेरिसडाँडामा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले हामी समीकरणमा भएका प्रमुख दल मुख्यतः नेकपा एमालेसँग छलफल छ। मलाई त्यहाँ जान ढिलो भइसकेको छ। मलाई विश्वास छ भोलि बिहानसम्म एउटा टुंगोमा पुर्याउन सकियोस् भनेर लागेको छु।’

उनले आगामी जेठ १५ गते ल्याउन लागेको बजेट प्रभावित नहोस् भनेर आफ्नो सम्पूर्ण ध्यान सदन खुलाउनेतिर लागेको पनि बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित