ललितपुरबाट हेटौंडा आउँदै गरेको कार भीरबाट खस्यो

हेटौंडा । ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको कार कान्तिलोकपथ सडकबाट खसेर दुर्घटना भएको छ। मकवानपुरको बकैया गाउँपालिका १२ ठिंगननजिकै कार भीरबाट खसेको हो । दुर्घटनामा कारमा सवार तीनजना गम्भीर घाइते भएका छन्।

आज बिहान ७ः३० बजे ग ३ च ९४७५ नम्बरको कार आफैँ अनियन्त्रित भएर सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रहरीका अनुसार कारमा सवार तीन जनालाई अचेत अवस्थामा उद्धार गरी उपचारका लागि ठिंगनस्थित स्वास्थ्य चौकी पुर्‍याइएको छ। उनका अनुसार तीनै जनाको पहिचान भने खुलेको छैन।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित