बालुवाटारमा प्रधानमन्त्रीले गरे देउवासहितका नेताहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्। शनिबार बिहान कांग्रेस नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले संसदको अवरोध खुलाउनेबारे छलफल गरेका हुन्। अहिले छलफल जारी छ।

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी छन्।

शुक्रबार साझ ६ बजे बस्ने भनेको बैठक प्रधानमन्त्रीले व्यस्तताका कारण आज बिहानलाई सारेका थिए। संसद्को बर्खे अधिवेशन सुरू भएको दिन शुक्रबार नेपाली कांग्रेसले बैठक अवरूद्ध गरेको थियो। सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै आएको छ।

कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म संसदका कुनै काम कारबाही अघि बढाउन नदिने अडान लिएको छ। बिहीबार सोही माग राखेर कांग्रेसले वेल घेरेर नाराबाजी गर्दा सभामुख देवराज घिमिरेले गृह मन्त्रीलाई बोल्न समय दिएपछि संसदमा धकेलाधकेलको अवस्था आएको थियो।

सो घटनापछि शुक्रबारलाई सारिएको बैठक बस्दै नबसी स्थगित भएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित