काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य वृद्धि गरेको छ । शनिबारदेखि लागू हुनेगरी संघले चितवनलाई आधारमानी समर्थन बिक्री मूल्य निर्धारण गरेको हो।
जसअनुसार एक्सएल साइजको अण्डाको प्रतिकेट ४८० रुपैयाँ तोकिएको छ भने ठुलो साइजको ४६५ र मिडियम साइजको ४५० रुपैयाँ निर्धारण गरिएको संघका सचिव मदन पोखरेलले जानकारी दिए ।
यसअघि मिडियमको ३५०, ठुलोको ३९५ र एक्सएलको ४१० रुपैयाँ कायम थियो ।