यी हुन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय

काठमाडौं । सरकारको मन्त्रिपरिषद बैठकले १८ वटा निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १८ वटा निर्णय गरेको हो। वर्तमान मन्त्रिपरिषदका सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पेश गरेको सम्पत्ति विवरण सरकारले सार्वजनिक गर्ने भएको छ ।

स्थानीय जलवायु अनुकूलन सम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्याण्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ। फौजदारी कसुर (कैद कट्टा) तेस्रो संशोधन नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय भएको हो।

त्यस्तै संघीय संसदको प्रतिनिधि सभामा विचाराधीन रहेको राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।

ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई धादिङको बेनीघाट रोराङ गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ११.८ हेक्टर जग्गा चुनढुंगा उत्खनन् र खानी सञ्चालन गर्न स्‍वीकृति दिने निर्णय गरेको छ।

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू

Screenshot 2024 05 17 214655 https://newskhari.com/storage/2024/04/PRO_KTM-066A1011-e1713444047471.jpg Screenshot 2024 05 17 214709 https://newskhari.com/storage/2024/04/PRO_KTM-066A1011-e1713444047471.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित