प्रधानमन्त्रीले कांग्रेस नेताहरूलाई छलफलमा बोलाए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई छलफलमा बोलाएका छन् । प्रधानमन्त्रीले बेलुका ६ बजे छलफल गर्ने गरी कांग्रेस नेताहरूलाई छलफलमा बोलाएका हुन् ।

संसदको अवरोध खुलाउन सभामुख र प्रधानमन्त्रीले छलफल गरिरहेका छन् । तर, सहमति नहुँदा बैठक बस्न सकेको छैन । बिहीबारको बैठकमा धकेलाधकेल भएपछि नेताहरूले छलफलाई तीव्र बनाएका छन् ।

सभामुखले प्रमुख सचेतक र सचेतकहरूको छलफल बोलाएका थिए । तर, प्रतिपक्षी दलहरूले संसदीय समिति गठन नभएसम्म बैठक चल्न नसक्ने अडान राखेका थिए । त्यसलगत्तै प्रधानमन्त्रीले कांग्रेसलाई छलफलमा बोलाएका हुन् ।

नेपाली कांग्रेसले सहकारीको रकम घोटालामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छलफल हुनुपर्ने माग गर्दै आएको छ । तर, सत्ता पक्ष त्यसमा सहमत नहुँदा सदनको बैठक प्रभावित हुँदै आएको छ । आजै प्रतिपक्षीहरू कांग्रेसको यो मागमा एकजुट भएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित