कांग्रेसले भन्यो– सभामुखले नै सदनमा मुठभेड निम्त्याए

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले सदनमा मुठमेड निम्त्याएर आफ्नो भूमिकामा चुकेको ठहर गरेको छ । संसद्को बैठकमै सत्तापक्ष र प्रतिपक्षीबीच मुठभेडको अवस्था निम्त्याउन सभामुख जबरजस्ती कारण बनेको बताएको छ ।

सदनको बैठक सकिएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभामुखले पूर्वदलको रुझान त्याग्न नसकेको आरोप लगाए । “आज सदनमा जे दृश्य देखियो । सभामुखले सदनको जुन भूमिका निर्वाह गर्नुभयो, त्यसमा सर्वथा चुक्नुभएको हाम्रो ठहर छ,” महामन्त्री थापाले भने, “सदनमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्दैन । त्यस्तो अवस्थामा पुरानो दलको रुझानबाट मुक्त संसद्को अभिभावकका रूपमा सभामुखको भूमिका अपेक्षित हुन्छ । तर सभामुख आफ्नो भूमिकामा चुक्नुभएको हाम्रो ठहर हो ।”

उनले संसद्को वेलमा पुगिसेकेको र विरोध गरिरहेको अवस्थामा सत्तापक्षका तीन दलका बैठकबाट जे निर्देशन आएको थियो त्यही रूपमा सभामुखले बैठक सञ्चालन गरेको आरोप लगाए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित