सभामुखले गृहमन्त्रीलाई बोल्न दिएपछि कांग्रेस एमाले सांसदबीच धकेलाधकेल

काठमाडौं । सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि प्रतिनिधि सभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षी सांसदहरूबीच धकेलाधकेल भएको छ।

बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू वेल घेराउ गर्न पुगेका थिए। उनीहरूले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेका थिए।

सभामुख घिमिरेले कांग्रेस र अन्य प्रतिपक्षी दलहरूको अवरोधबीच बैठक अघि बढाएका थिए। राष्ट्रपति कार्यालयबाट प्राप्त दुइटा पत्र उनले नाराबाजीबीच पढेका थिए।

त्यसपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेले बोल्न समय माग गरेकोले समय दिएको जानकारी गराएका थिए। गृहमन्त्री लामिछाने बसेको ठाउँबाट उठेका थिए।

गृहमन्त्री उठेपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित सांसदहरू पनि उठेका थिए। त्यसक्रममा एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति धनराज गुरूङबीच भनाभन भएको देखिन्थ्यो। सोही क्रममा कांग्रेस र एमाले सांसदहरू धकेलाधकेल गरेका हुन्।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी कांग्रेसले घोर अलोकतान्त्रिक, असंसदीय व्यवहार प्रस्तुत गरेको बताएका छन्। कांग्रेसले संसदमा अराजकता मच्चाएको र मुठभेडतर्फ लगेको पनि उनको भनाइ छ।

सदन मुठभेडतर्फ अघि बढेपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई आसन ग्रहण गर्न भनेका थिए।

साथै सभामुख घिमिरेले शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित