विपक्षीलाई बाहिर राखेर सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले लिए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्। बिहीबार दिउँसो १२ बजे बसेको प्रदेश सभा बैठकबाट उनलाई २८ जना सासंदले विश्वासको मत दिएका हुन्।

सभामुख भीम भण्डारीले सदनमा मत विभाजनको नतिजा सुनाउँदै बैठकमा उपस्थित सांसदको संख्या २८ रहेको बताए। जसमध्ये विश्वासको मतको पक्षमा २८, विपक्षमा शून्य र तटस्थमा शून्य मत परेको जानकारी दिएका थिए।

नेकमा माओवादीका १०, एमालेका ११, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका २ र एक जना स्वतन्त्र सांसदले उनलाई विश्वासको मत दिए। त्यसअघि नाराबाजीकै बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वास मत सम्बन्धी प्रस्ताव सदन समक्ष पेस गरेका थिए। बैठक सुरू हुनासाथ मुख्यमन्त्रीमा सोडारीको नियुक्त गैरसंवैधानिक भएको भन्दै कांग्रेस र नागरिक उन्मुक्तिका पाँच जना सांसदले नाराबाजी गरेका थिए।

नाराबाजीकै बीच मुख्यमन्त्री पक्ष र विपक्षमा विश्वासको मत विभाजन गर्न सभामुख भीम भण्डारीले हस्ताक्षरका लागि समय दिएका थिए। त्यसपछि कांग्रेस नागरिक उन्मुक्ति र एक जना राप्रपाका सांसद बैठक बहिष्कार गरेर बाहिरिएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित