ढुंगाले हानेर पूर्वशिक्षकको हत्या

काठमाडौं । कञ्चनपुरमा एक पूर्व शिक्षकको हत्या भएको छ । बेलौरी नगरपालिका-६ को विद्यानगरका पूर्वशिक्षक ६४ वर्षीय लक्षी चन्दको बुधबार राति ढुंगा प्रहार गरेर हत्या भएको हो ।

हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जानकारी दिए । मादक पदार्थ सेवनका क्रममा विवाद भएपछि भण्डारीले ढुंगा प्रहार गरी चन्दको हत्या गरेको पाइएको छ ।

आक्रमणबाट चन्दको टाउकोमा गम्भीर चोट लागेको थियो । श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि धनगढीस्थित निसर्ग अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारका क्रममा चन्दको मृत्यु भएको हो ।

भण्डारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित