बागलुङमा जिप दुर्घटना : चालकसहित ४ जनाको अवस्था गम्भीर (घाइतेकाे नामसहित)

बागलुङ । गएराति बागलुङको ढोरपाटनमा जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये जिप चालकसहित चार जनाको अवस्था गम्भीर छ।

बुधबार राति पौने आठबजे ढोरपाटन नगरपालिका ५ मस्तीस्थित भित्री सडक खण्डमा बुर्तिबाङबाट ढोरपाटनकै चौरतर्फ जाँदै गरेको ग२च २३१४ नम्बरको पिकअप जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

उकालो सडकमा चालकले ब्याक गर्ने क्रममा जिप सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको जिप्रका बागलुङका डीएसपी विजय यादवले जानकारी दिए।

घाइतेमध्ये ढोरपाटन-९ ५ की १९ वर्षीया शर्मिला भण्डारी, जिप चालक बागलुङकै तमानखोला गाउँपालिका-४ का ३० वर्षीय अमन सिर्पाली, ढोरपाटन-५ का १० वर्षीय मनोज बिक र ढोरपाटन-२ की २० वर्षीया धनकुमारी क्षेत्रीको अवस्था गम्भीर छ ।

‘उनीहरुलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार गरी थप उपचारको लागि राति धाैलागिरि अस्पताल रिफर गरिएकाे थियाे, यादवले भने, ‘घाइते अधिकांशको अवस्था मध्यम छ।’

घाइते अधिकांशको अहिले प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ बागलुङमा उपचार भइरहेको उनले बताए।

यी हुन् जिप दुर्घटनाका घाइतेहरू

१. जिल्ला बागलुङ ढोरपाटन-५ चौर बस्ने वर्ष २४ की साबित्रा बिक (भित्री चोट बोल्न सक्ने, सामान्य प्रा.स्वा.केन्द्रमा उपचार हुँदै)
२. ऐ. ऐ. बस्ने वर्ष २३ की लक्ष्मी बि.क (भित्रीचोट बोल्न सक्ने) मध्यम ।
३. ऐ. ऐ. बस्ने वर्ष २३ की अनुसा बिक (बायाँ हात र दुवै खुट्टामा चोट, मध्यम) ।
४.ऐ.ऐ. बस्ने वर्ष १० को मनोज बिक (भित्री चोट गम्भिर) ।
५.ऐ ऐ. बस्ने वर्ष २३ की टिका बिक (भित्री चोट बोल्न सक्ने, मध्यम) ।
६.थप घाइते(निज टिका बिकको छोरा वर्ष २ को सुमित बिक। (प्रा.स्वा.केन्द्रमा उपचार हुँदै, सामान्य)
७. ऐ.ऐ.बस्ने वर्ष २९ की पुजा बिक (भित्री चोट मध्यम)
८. ऐ.ऐ. बस्ने वर्ष ४० की पुर्णकला बिक (दुवै हात र खुट्टामा चोट, मध्यम) ।
९. ऐ.ऐ. बस्ने वर्ष २३ की अनिता पौडेल (भित्री चोट, मध्यम) ।
१०.निज अनिता पौडेलको छोरा १८ महिनाको छोरा प्रिन्स पौडेल (सामान्य) ।
११. ऐ.ऐ. बस्ने वर्ष ४२ को ज्ञान बहादुर घर्ती (सामान्य) डिस्चार्ज ।
१२. ऐ.ऐ. बस्ने वर्ष २८ की मिना बिक (भित्री चोट, मध्यम) ।
१३.ऐ. ढोरपाटन-२ अर्नाकोट बस्ने वर्ष २० की धन कुमारी क्षेत्री (भित्री चोट गम्भिर)।
१४. ऐ.ऐ. बस्ने वर्ष १९ की सिता रोका (बायाँ कोखामा भित्री चोट, मध्यम) ।
१५. ऐ. निसिखोला-२ बस्ने वर्ष २० की मिना कार्की (भित्री चोट मध्यम)

१६. निज मिना कार्कीको छोरी ३ महिना की सुहाना कार्की (सामान्य) ।
१७. चालक ऐ. तमानखोला-४ बस्ने वर्ष ३० को अमन सिर्पाली (छातीमा भित्री चोट, गम्भिर) ।
१८.थप घाइते ऐ. ढोरपाटन-५ बस्ने १९ की शर्मिला भण्डारी (बाहरी चोट नरहेको, मध्यम) ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित