सन्दीपलाई विश्वकप खेल्न पठाउने क्यानको निर्णय

काठमाडौं । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीबीच सन्दीपलाई निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको बताइएको छ।

क्यानका कोषाध्यक्ष पदम खड्काले भने, ‘हामी भोलिसम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौँ। हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौँ। क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउँछ।’

आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ। विश्वकप खेल्न क्यानले नेपाली टोलीको घोषणा गरिसकेको छ।

घोषित १५ सदस्यीय नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर आफ्नो टोलीमा हेरफेर गर्न मे २४ तारिखसम्मको समय दिएको छ। नेपालले सन्दीपलाई पठाउँदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ। कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने खड्का बताउँछन्।

‘१५ को ठाउँमा १६ हुन्छ। सन्दीपको खर्च क्यानले ब्यहोर्छ। क्यान सन्दीपलाई पठाउने तयारीमा लागिसक्यो,’ खड्काले भने।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित