काठमाडौं । आज बिहानै काठमाडौंको सुकेधारामा एक जनाको शव फेला परेको छ।
महाराजगन्ज प्रहरी वृत्तका अनुसार सुकेधारास्थित नालीमा पुरुषको शव फेला परेको हो।
‘हामीलाई बिहान साढे ७ बजे सूचना आयो’, वृत्तका एक प्रहरीले भने, ‘को हो, उमेर कति भन्ने केही खुलेको छैन, नालीमा घोप्टो अवस्थामा शव भेटिएको छ, प्रहरीले अनुसन्धान गर्दै छ।’